असोज २, महोत्तरी ।
जिल्लाको बर्दिबासमा सशस्त्र प्रहरीले रिजर्भ गण स्थापना गरेको छ । नगरपालिकको वडा नं. ४ मा रहेको सशस्त्र प्रहरी प्रदेश नं. २ कार्यालयको प्रांगणमै नम्बर ३९ गण स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी प्रदेश प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यले शुक्रबार उक्त गणको उद्घाटन गरेका हुन् । सरकारले असार २९ मा सीमा नाकाको सुरक्षा र व्यवस्थापनका लागि ‘रिजर्भ गण’ स्थापना गर्ने निर्णय गरेको थियो ।
सीमा सुरक्षाका लागि प्रदेश नं. २ का सबै जिल्लामा बिओपी थपिने ब्रह्माचार्यले जानकारी दिए । बारामा पनि रिजर्भ गण राख्ने तयारी भइरहेको छ ।







