मंसिर, १ मनिला । फिलिपिन्समा आगामी निर्वाचनका लागि पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्वसिनेटर फेर्डिनान्ड मार्कोस जुनियर र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे एकै ठाउँमा उभिएका छन् ।
पूर्वराष्ट्रपतिका छोरा मार्कोस जुनियरले राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा उम्मेदवारी दिएपछि एकै समूह बनाएका हुन् ।
पूर्वराष्ट्रपति र वर्तमान राष्ट्रपतिका छोरा छोरी नै चुनावी मैदानमा हुँदा यसैपनि रोमाञ्चक भइरहेको फिलिपिन्सको निर्वाचनमा दुवै जना एउटै समूहमा भएपछि थप रोमाञ्चक भएको छ ।
आगामी सन् २०२२ को मेमा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ ।
गत शनिबार उम्मेदवारी दर्ता गराएकी वर्तमान राष्ट्रपतिकी छोरी साराले पहिलो पटक सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आपूm पूर्वराष्ट्रपतिका छोरा तथा अहिले राष्ट्रपतिका उम्मेदवार फेर्डिनान्ड मार्कोस जुनियरकै समूहमा रहेको उल्लेख गरिन् ।
सामाजिक सञ्जाल फेसवकुमा राखिएको भिडियो सम्वोधनमा उनले आफुको समुहलाई फिलिपिन्सका जनताले सेवा गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिका उम्मेदवार ६४ वर्षीय मार्कोस र उपराष्ट्रपतिकी उम्मेदवार ४३ वर्षीय साराको गठवन्धनलाई फिलिपिन्समा बलियो गठवन्धनका रुपमा हेरिएको छ ।
पूर्वराष्ट्रपति मार्कोसका दुई सन्तानमध्ये एक मात्र छोरा मार्कोस जुनियरले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
आफ्ना बुवा राष्ट्रपति भएका बेला उहाँनी इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित भएका थिए । उनका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति भएका थिए । उनको निधन १९८९ मा भएको थियो ।
मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटरसमेत भएका थिए । सन् २०१६ मा भएको निर्वाचनमा उनले उपराष्ट्रपतिका लागि प्रतिश्पर्धा गरेका थिए ।
भावी राष्ट्रपतिका लागि उनीसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी गरेका छन् ।
त्यसैगरी उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्न लाग्नु भएकी साराले देशको प्रभावशाली पार्टी लकास सिएमडीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका हुन् ।







