प्रहरी नियन्त्रणबाट कोरोना संक्रमित फरार

असोज ३, काठमाडौं ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोबाट कोरोना संक्रमित अभियुक्त फरार भएका छन् । ब्युरोले लागूऔषधको मुद्दामा प्रतिवादी बनाएको काभ्रेका रमेश तामाङ भागेका हुन् ।

शुक्रबार बिहान पौने २ बजे उनी भागेको प्रहरीले जनाएको छ । उनी बसिरहेको वसुन्धरास्थित एक अस्पतालको आइसोलेसनबाटै फरार भएका हुन् ।

यसैगरी बिहीबार राति पनि प्रहरी वृत्त कालीमाटीको थुनुवा कक्षबाट चार जना फरार भएका थिए । चोरी आरोपमा पक्राउ परेका उनीहरू ड्युटी अफिसर सुतिरहेको मौका छोपेर भागेका हुन् ।