असोज ३, काठमाडौं ।
कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गरिए यता नेपालमा चार सय किलो सुन बिकेको बताइएको छ । चैतदेखि भदौ अन्तिमसम्ममा चार क्विन्टल सुन बिकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार नेपालमा दैनिक तीनदेखि चार किलो सुन खपत हुँदै आएको छ । तर यो निकै कम हो । सामान्य अवस्थामा दैनिक १० किलो हाराहारी सुन दैनिक बिक्ने गरेको महासंघको तथ्यांकले भन्छ ।
नेपालका बैंकहरूसँग अब डेढ सय किलो सुन रहेको तथ्यांक छ । यसैबीच सानिमा बैंकले थप एक क्विन्टल सुन ल्याउने तयारी गरिरहेको बताएको छ ।







