नाइजेरियाको सेनाद्वार थुप्रै आईएस लडाकू मारिए

अबुजा । नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नोमा रहेको सैन्य शिविरमा आक्रमण गर्ने इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तका थुप्रै लडाकूहरूलाई मारेको सेनाका प्रवक्ताले बताएका छन्।

सेनाका प्रवक्ता ओन्येमा न्वाचुकुद्वार जारी विज्ञप्ति अनुसार बोर्नोको गजिराम नगानजाइ स्थानीय सरकारी क्षेत्रमा रहेको सेनाको बेसमा आइतवार क्ष्क्ध्ब्ए आक्रमणकारीलाई पछ्याउँने क्रममा दुई सैनिकको मृत्यु भएको थियो।

देशको अस्तव्यस्त उत्तरपूर्वी क्षेत्रमा सैन्य अपरेसन भनिने अपरेसन हडिन काईका हवाई कम्पोनेन्टहरूले अड्डामा घुसपैठ गर्ने प्रयास गर्ने आतंककारीहरूमा लाई तितरबितर पारेको थियो । उनले भने। उत्तरपूर्वी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्न आफ्नो भगिनी समूह बोको हरामसँग सहकार्य गर्दै आएको छ। आतंककारी समूहहरूले चाड बेसिन तालका अन्य देशहरूमा पनि आफ्ना आक्रमणका शृङ्खला विस्तार गरेका छन्।