बाँकेमा कोरोना संक्रमितको मृत्यु

असोज ४, बाँके ।
जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका एक पुरूष छन् ।

भेरी अस्पतालमा शनिबार राती ५९ वर्षिय पुरूषको मृत्यु भएको हो । भदौ २० मा अस्पताल पुगेका उनमा भोलिपल्ट कोरोना पोजिटिभ देखिएको थियो ।

प्जाज्मा थेरापीबाट उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । अवस्था बिग्रँदै गएपछि शनिबार नै अस्पतालले भेन्टिलेरमा राखेर उपचार गरिरहेको थियो । तर राती साढे ११ बजे उनको मृत्यु भएको बताइएको छ ।