असोज ४, चितवन ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारी मृत भेटिएका छन् । उनी आफै कार्यरत अस्पतालको नहरले बगाएको अवस्थामा भेटिएका छन् ।
मृतकमा ३२ वर्षिय सूर्य मिश्रा छन् । उनी उक्त अस्पतालमा गत ११ वर्षदेखि कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले त्यहाँ विद्युतसम्बन्धी काम गर्ने गर्थे ।
अस्पताल हुँदै बगेको नहरमा उनको शव भेटिएको हो । प्रारम्भिक अवस्थाले उनको हत्या भएकोझैं देखिएको प्रहरीको बुझाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







