असोज ४, काठमाडौंं ।
भारतको राजधानी दिल्लीमा चिनलाई जासूसी गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । दिल्लीस्थित दूतावासका अनुसार पक्राउ पर्नेमा शेर सिंह भनी चिनिँदै आएका ३० वर्षिय राज बोहोरा छन् ।
दिल्ली पुलिसको स्पेशल सेलले उनलाई शनिबार पक्राउ गरेको बताइएको छ । भारतीय सेनाको गोप्य सूचना उनले चीनलाई बेचिरहको व्यक्तिसँग उनकोे सम्पर्क देखिएको भन्दै उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपि उनी नेपाली भएको कागजात उनीसँग नरहेको दिल्ली प्रहरीको भनाइ छ । चार दिन अघि पक्राउ परेका भारतीय स्वतन्त्र पत्रकार राजिव शर्मासँग उनको सम्बन्ध देखिएको भन्दै बोहोरा पक्राउ परेका हुन् ।
राजिवले सीमामा भारतीय सेनाको रणनीतिबारेका सूचना चुहाउने गरेका थिए । उनीसँगै एक चिनियाँ महिला पनि पक्राउ परेकी थिइन् । (एजेन्सी)







