कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

असोज ४, काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले शनिबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार सय नाघेको जनाएको छ । शुक्रबारदेखि शनिबारसम्म २४ घन्टाभित्र १० जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४ सय १ पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा चार सय आठ महिला र सात सय ९६ पुरूषमा कोरोना संक्रमण भेटिएको छ । यससँगै कूल संक्रमितको संख्या ६२ हजार सात सय ९७ पुगको छ ।

काठमाडौं उपत्यकामा सात सय ११ जना संक्रमित थपिएको तथ्यांक छ । यसका साथै हालसम्म ४५ हजार दुई सय ६७ जना कोरोना जितेर फर्किएको मन्त्रालयले जनाएको छ ।