असोज ४, हेटौडा ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसन बस्ने भन्दै घर हिँडेका इञ्जिनियरको दुर्घटनामा परेर मृत्यु भएको छ । मृतकमा २७ वर्षिय दिपेन्द्र अधिकारी छन् ।
उनले चलाएको ना४९प २४०० नम्बरको मोटरसाइकललाई चितवनबाट हेटौंडा गइहरेको बा३ख ९६६४ नम्बरको मिनि ट्रकले हेटौडाकै नेवारपानीमा ठक्कर दिएको थियो । घाइते उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
अधिकारी मकवानपुरकै बकैया गाउँपालिकामा कार्यरत इञ्जिनियर हुन् । शुक्रबार उनमा संक्रमण पुष्टि भएपछि शनिबार होम आइसोलेसनमा बस्ने भन्दै बिदा लिएर घर गइरहँदा दुर्घटनामा परेका हुन् ।







