असोज ४, काठमाडौं ।
नेपालमा पहिलोपटक कोरोना संक्रमणका कारण सैनिकको मृत्यु भएको छ । भदौ २९ मा रामेछाप घर भएका सैनिक जवानको मृत्यु भएको छ । उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । अहिलेसम्म नेपाली सेनाका दुई हजार ५६ जनालाई कोरोना संक्रमण देखिइसकेको छ । तीमध्ये चार सय एक जना आइसोलेसनमा छन् भने बाँकी उपचारका क्रममा रहेको सेनाले जनाएको छ ।







