साउनमा १२ करोड भन्दा बढीको सेनिटाइजर आयात

असोज ४, काठमाडौं ।
भन्सार विभागले साउनमा १२ करोड रूपैयाँ भन्दा बढीको सेनिटाइजर आयात भएको जनाएको छ । विभागको तथ्यांक अनुसार १२ करोड २४ लाख १७ हजार रूपैयाँ बराबरको सेनिटाइजर आयात भएको छ ।

जबकी गत वर्ष चार महिनामा साढे २४ करोड रूपैयाँको सेनिटाइजर आयात भएको थियो । कोरोना भाइसरको संक्रमण फैलिएपछि उक्त परिमाणको सेनिटाइजर आयात भएको थियो । तर यो आर्थिक वर्ष सुरु भएसँगै १२ करोड भन्दा बढीको सेनिटाइजर आयात भएको छ ।

तर यी सेनिटाइजरको गुणस्तर मापन गर्ने निकाय छैन । स्वदेशमा उत्पादन भइरहेका सेनिटाइजरमाथि औषधि व्यवस्था विभागले कारवाही गरे पनि विदेशबाट आयातित सेनिटाइजरको गुणस्तर मापन गर्न सकिएको छैन ।