पुस, १ काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले आफ्नै पार्टीलाई प्रश्न गरेका छन् – एमसीसी पास गर्न संसद अवरुद्ध गरेको हो ? उनले सामाजिक संजालमार्फत आफ्नो पार्टीले निरन्तर गरिरहेको संसद अवरोधको औचित्यमाथि प्रश्न उठाएका हुन् ।
रावलले निरन्तरको अवरोध गर्नुका पछाडि एमसीसी अनुमोदन गर्ने खेल हुन सक्ने आशंका गरेका हुन् ।
‘सरकारका कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अौचित्य के हो ?,’ रावलले समाजिक संजालमार्फत प्रश्न गरेका छन्, ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’
एमालेबाट विभाजित भएर गएको एकीकृत समाजवादी अवैध रहेको र सभामुख त्यसको सहयोगी भएको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।







