रक्षामन्त्री डा रिजालद्वारा राजिनामा

पुस, १ काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गरेका छन् । राजिनामा बुझाएपछि उहाँले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गरे । “नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजिनामा दिने निर्णय लिएको छु अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजिनामा पेश गर्नेछु”, नेपाली कांग्रेसका नेता डा रिजालले पोष्टमा भनेका छन् ।

कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिनुभएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गरे । कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भए ।