पुस, ५ नयाँ दिल्ली । पाँच मध्य एसियाली देशहरू काजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका विदेश मन्त्रीहरूले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरूले उक्त अवसरमा भारतसँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने धरणा राखेका छन् ।
प्रधानमन्त्री मोदीले भारतले मध्य एसियाली देशहरूसँगको आफ्नो ुविस्तारित छिमेकीु को हिस्सा भएका देशहरूसँग दिगो र स्थायी सम्बन्धमा जोड दिएका छन् । उनले भारत र मध्य एसियाबीचको आर्थिक सहयोगको सम्भावना र त्यस सम्बन्धमा कनेक्टिभिटीको भूमिकालाई पनि जोड दिए ।
सन् २०१५ मा सबै मध्य एसियाली देशहरूमा र त्यसपछि कजाकिस्तान, उज्वेकिस्तान र किर्गिज गणतन्त्रको आफ्नो अविस्मरणीय भ्रमणको स्मरण गर्दै, प्रम मोदीले भारतीय चलचित्र, संगीतको लोकप्रियतालाई ध्यानमा राख्दै, भारत र मध्य एसिया बीचको सांस्कृतिक र जनता(जनताको सम्पर्क कायम राख्नुको महत्त्वलाई जोड दिनुभएको छ।
भारत–मध्य एसिया संवादको तेस्रो बैठकमा सहभागी हुने मध्य एसियाली मुलुकका विदेशमन्त्रीहरू नयाँ दिल्लीमा छन् ।
ूविदेश मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई आफ्ना राष्ट्रपतिहरूको अभिवादन सन्देश सम्प्रेषण गर्दै भारतसँगको सम्बन्धलाई अझ सुदृढ पार्न उनीहरूको नेतृत्वमा जोड दिनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि प्रधानमन्त्री मोदीको मध्य एसियाली देशका विदेशमन्त्रीहरूसँगको भेटमा उपस्थित थिए ।
विदेशमन्त्री जयशंकरको अध्यक्षतामा आइतवार भएको भारत(मध्य एसिया वार्ताको छलफलबारे मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई जानकारी गराए ।
उक्त वार्ता, व्यापार र कनेक्टिभिटी, विकास साझेदारी र अफगानिस्तानको अवस्था सहित क्षेत्रीय विकासमा केन्द्रित थियो।
भारत–मध्य एसिया संवादले भारत र मध्य एसियाली देशहरूबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धलाई गति दिएको विश्वास गरिएको छ। भारत र मध्य एसियाली देशहरूले अर्को वर्ष आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सव मनाउँदै छन्।







