असोज ४, काठमाडौं ।
आइतबार थप एक हजार तीन सय जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार तीन सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नौ हजार पाँच सय ८४ पिसिआरमा उक्त संख्यामा कोरोना पोजिटिभ भेटिएको बताए । यस अवधिमा नौ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै कोरोना संक्रमितको कूल संख्या ६४ हजार एक सय २२ पुगेको छ भने निको हुनेको संख्या ४६ हजार दुई सय २३ पुगेको छ ।






