३ माघ, काठमाडौँ। निम्बस कर्पोरेट उत्कृष्ट सम्मानबाट सम्मानित भएको छ । निम्बसले कृषि उद्यम समूहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ जितेको हो । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा निम्बसलाई उक्त उपाधि वितरण गरिएको थियो ।
अवार्ड प्रगतिशील विकासका साथै समग्र नेपालको कृषि क्षेत्रमा पुर्याएको योगदानको सम्मान रहेको कम्पनीले बताएको छ । कम्पनीले कृषिजन्य उद्योगमार्फत कर्पोरेट संस्कारको सुरु गरेको र यसको श्रेय ग्राहक तथा कर्मचारी भएको निम्बसका कार्यकारी अध्यक्ष आनन्द बगरियाले बताए ।
कृषि उद्यममार्फत यस क्षेत्रमा अझ दृढताका साथ लाग्न अवार्डले हौसला दिएको उनको भनाइ छ । निम्बसले सन् २००४ मा देशमै पहिलो पशुपक्षी दाना उत्पादन गर्ने उद्देश्यले प्रो–बायोटेक इन्डस्ट्रिज स्थापना गरी व्यवसाय सुरु गरेको थियो ।







