औषधि व्यवस्था विभागको महानिर्देशक ढकाल मन्त्रालयमा तानिए: नयाँ महानिर्देशकमा भरत भट्टराई

१२ माघ, काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालललाई मन्त्रालय तानिएको छ। गत पुस २७ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विभाग महानिर्देशक ढकाललाई विभागकै मातहातको औषधि प्रयोगशालामा सरुवा गरेका थिए। तर ढकाल सरुवा गरेको दुई सातासम्म पनि प्रयोगशालमा हाजिर हुन मानेका थिएनन्।  

स्वास्थ्यमन्त्री खतिवडाले गत पुस २७ मा औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। दुवै ११ औं तहका कर्मचारी हुन्।

दुई सातासम्म पनि भनेको ठाउँमा जान नमानेपछि नारायण ढकालललाई मन्त्रालय तानिएको हो।