२५ माघ, काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पदपूर्ति सम्बन्धी सूचना जारी गर्दै कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने जनाएको छ ।
साथै उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।







