५ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीका विजषयमा छलफल भएको हो ।
एमसीसीबारे निर्णय लिन आज सत्ता गठबन्धनको बैठक बस्नु अगाडि दुई नेताबीच छलफल भएको हो ।
भेटवार्तापछि गठबन्धनको बैठक ५ बजेका लागि सारिएको छ । तीन बजेका लागि बोलाइएको बैठक पाँच बजे पुर्याइएको हो ।







