कोरोनाबाट थप १६ जनाको ज्यान गयो, जम्मा संख्या ४२७ पुग्यो

५ असोज, काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

आज मृतकमध्ये १३ जना पुरुष र ३ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ७२ प्रतिशत अर्थात ४७ हजार २ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।