एमसीसी अनुमोदनपछि धारणा सार्वजनिक गर्दै माधव नेपाल

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।

अर्पण व्याङक्वैट, थापागाउँ नयाँ बानेश्वरमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

यस्तै एमालले पनि आजै एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।