उपत्यकामा ६ सय ७४ जना संक्रमित थपिए

५ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जना नयाँ कोरोना संक्रमित संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्रै ६ सय ७४ रहेका मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी पछिल्लो २४ घण्टामा ६ सय ७४ संक्रमित थपिएका हुन् ।

सबैभन्दा बढी काठमाडौं जिल्लाका ५ सय ३८ जना छन् । यस्तै, भक्तपुर जिल्लाका ७४ र ललितपुर जिल्लाका ६२ जना छन् ।