पल शाह प्रकरणबारे बोले बाबुराम

२० फागुन, काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले जबरजस्ती करणी आरोपमा पक्राउ परेका नायक पल शाहबारे बोलेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नाबालिग गायिकाप्रति सहानुभूति देखाएका छन् ।

डा. भट्टरार्ईले लेखेका छन्, ‘नाबालिग किशोरीको यौनशोषणसम्बन्धी अतिसंवेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति–समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’

उनले लोकतन्त्रमा न्यायिक फैसला सबैले मान्नुपर्ने भन्दै सुरुमै न्याय प्रभावित हुनु नहुनेमा जोड दिएका छन् । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा अभिनेता शाह अहिले जल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।