असोज ६, इलाम ।
जिल्लामा विभिन्न मुद्दामा फरार रहेको तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयबाट खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ठगी, कर्तव्य ज्यान र हातहतियार तथा खरखजना मुद्दाका फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ । ठगी मुद्दामा फरार सूचीमा रहेका इलाम सुर्योदय नगरपालिका–२ का ३२ वर्षीय सन्तोष बस्नेत पक्राउ परेका हुन् । उनलाई अदालतले दुई वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना सजाय सुनाएको छ ।
यसैगरी हातहतियार खरखजना मुद्दामा सोही नगरपालिका वडा नं. ५ का ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बू र कर्तव्य ज्यान मुद्दाका माईजोगमाई गाउँपालिका–२ का विष्णुकुमार राईलाई पक्राउ गरिएको हो । लिम्बूलाई तीन महिना कैद र पाँच हजार जरिवाना तथा राईलाई पाँच महिना छ दिन कैद र रु. २० जरिवाना तोकिएको थियो ।







