२७ फागुन, काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय सभा संसदीय दलको नेतामा खीमलाल भट्टराई नियुक्त भएका छन् ।
एमाले अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेका हुन् ।
यसअघि, राष्ट्रिय सभामा संसदीय दलको नेता रहेका सुमन प्याकुरेलको ४ वर्षे पदावधि यही फागुन २० गतेबाट सकिएको थियो । र संसदीय दलको नेतामा नियुक्त भएका भट्टराई प्रमुख सचेतक थिए ।
भट्टराई संसदीय दलको नेता भएपछिको रिक्त स्थान प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । अध्यक्ष ओलीले दुबैलाई नियुक्त गरिएको पत्र संघीय संसद सचिवालयलाई पठाएका छन् ।







