झन्डै पाँच सय इन्स्पेक्टरको सरुवा

असोज ६, काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले महामारीबीच चार सय ८८ प्रहरी निरीक्षकको सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।

यही महिनादेखि सरुवा भएका निरीक्षकले तलब भत्ता सरुवा भएकै स्थानबाट लिन सक्नेछन् । महानगरीय प्रहरी परिसरका निरीक्षक अनिल ठकुरीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको छ । प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा कार्यरत अनिलराज गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

महानगरीय पर्यटक प्रहरीमा कार्यरत अस्मीता कपालीलाई अख्तियारमा सरुवा गरिएको छ । निर्णय अनुसार प्रहरी वृत्त दरबारमार्गमा कार्यरत उज्जवल बहादुर सिंहलाई इन्टरपोल शाखामा खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सरुवा सूची यसप्रकार छ ।