घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको भाउ

६ असोज, काठमाडौं । आज सूनको भाउ घटेको छ । हिजोको तुलनामा १७ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज भने ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १७ सयले घटेर ९५ हजार पुगेको छ ।

चाँदीको भाउ पनि आज ९० रुपैयाँले घटेर तोलामा १२ सय ३० रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।