नाबालिकामाथि यौन दुर्ब्यबहार गरेको आरोपमा शिक्षक पक्राउ

७ चैत्र, चितवन । बाल यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगर पालिका वडा नं. १ बरुवास्थित सोमेश्वर उच्च माबिका शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

कक्षा ९ अध्यनरत १५ वर्षीया नाबालिकालाई सोही स्कुलमा कार्यरत शिक्षक लामिछानेले बाल यौन दुर्व्यवहार गरेको भनि नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालयमा आइतबार लिखित जाहेरी दिएका थिए।