सिन्धु इसाई केन्द्र सिन्धुपाल्चोकद्वारा पहिरोमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

६ असोज, सिन्धुपाल्चोक । इसाईहरुको छाता संगठन सिन्धु इसाई केन्द्र सिन्धुपाल्चोकले पहिरोमा परेर मृत्यु भएकाहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

केन्द्रले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ नागपुजे र भिमखर्कमा मृत्यु भएका परिवार तथा सबै दलित परिवारलाई प्रति परिवार १५ हजार रुपैयाँ नगद सहयोग गरेको हो ।

केन्द्रका सल्लाहकार रुथ पराजुली र रमेशकुमार श्रेष्ठको सहयोगमा जम्मा ४ लाख ६० हजार रुपैयाँ प्रदान गरिएकोे बताइएको छ ।

केन्द्रले बाह्रविसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पा र उपमेयर सुशीला पाख्रिनको उपस्थितिमा वितरण गरेको हो । वितरण कार्यक्रममा श्रीलाल पराजुली, रामकाजी पराजुली, रमेशकुमार श्रेष्ठ, तिमोथी चौलागाँई, केन्द्रका सुबास सुन्दास लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

समाजसेवी समेत रहेको रुथ पराजुली दु:खी पिडितहरुलाई समय– समयमा सहयोग गर्दै आएका छन् । पराजुलीले श्री काली देवी आधारभुत विद्यालय , बलेफी ८ लाई पनि दुई थान कम्प्युटर सेट प्रदान गरेका थिए ।