१ हजार ३५६ जना कोरोना संक्रमित थपिए

६ असोज, काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनासहित देशभर ४५९ महिला र ८९७ जना पुरुष संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ८२३ जना संक्रमणमुक्त भएका छन् ।