तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने सरकारको निर्णय

१७ चैत्र, काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ ।

मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए ।