सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

२२ चैत्र, काठमाडौँ । सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ छ ।

यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।  

चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।