एमालेद्वारा विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस

२७ चैत्र, विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

शनिबार बसेको महानगर कमिटीको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हाे ।

नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस बैठकले गरेको हो ।

स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत, केन्द्रीय सदस्य रामलाल साह र महेश भट्टराईको नाम सिफारिस गरेको हो ।