लद्दाख तनाब : भारतले एलएसीबाट पछि हट्ने चीनको प्रस्ताव अस्वीकार गर्‍यो

२८ चैत्र, एजेन्सी । गत महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा चीनले भारतलाई पूर्वी लद्दाखको गस्ती पोइन्ट १५ बाट सेना हटाउन प्रस्ताव गरेको थियो।

तर भारतले यसलाई अस्वीकार गरेको छ ।

पूर्वी लद्दाख क्षेत्रमा भारत र चीनबीच डेढ वर्षभन्दा बढी समयदेखि तनाव जारी छ। तनाव कम गर्न दुई देशबीच कमाण्डर तहको पटकपटक वार्ता भइसकेको भएपनि हालसम्म समाधान निस्किएको छैन ।

अङ्ग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसले यो समाचारलाई प्रमुखताका साथ दिएको छ ।

अखबारले सरकारी स्रोतलाई उद्धृत गर्दै  चीनले भारतीय सेनालाई गस्ती पोइन्ट १५ बाट सेना  फिर्ता गर्न प्रस्ताव गरेको थियो। एलएसीमा भारतीय र चिनियाँ सेना आमनेसामने भएका छन् ।

भारतीय दाबीका अनुसार चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी)बाट आफ्ना सेना फिर्ता गर्ने बताएको थियो।