राष्ट्रिय सभाका सदस्य दाहालद्वारा सपथ ग्रहण

२९ चैत्र, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनित भएका नारायण दाहालले सपथ ग्रहण गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले मंगलबार दाहाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।