अमेरिकी सीमाबाट दुई लाख आप्रवासी पक्राउ

४ वैशाख, काठमाडौँ । मेक्सिकोबाट अमेरिका पस्न खोज्ने २ लाखभन्दा बढी आप्रवासी एक महिनामै पक्राउ परेका छन् ।

अमेरिकी सीमा सुरक्षा अधिकारीहरूले मार्चमा गैरकानुनी रुपमा मेक्सिकोको सिमाबाट प्रवेश गर्नखोज्ने २ लाख १० हजार आप्रवासी पक्राउ परेका जनाएकाहुन् ।

जुन पछिल्लो दुई दशकयता एकै महिना पक्राउ पर्ने सबैभन्दा ठूलो संख्या हो ।

पछिल्लो घटनापछि राष्ट्रपति जो बाइडेनमाथि आप्रवासी मामिला मुख्य चुनौतीका रुपमा रहेको टिप्पणी हुन थालेको छ ।