७ असोज, काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ ।
हिजो तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ ।







