आज कतिमा हुँदैछ सुनचाँदीकाे कारोबार ?

९ वैशाख , काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ।

बिहीबार प्रतितोला १ लाख ९ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय तोकिएको छ।

त्यसैगरि, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।