आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१९ वैशाख, काठमाडौँ । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ ।

आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।