आङरिता शेर्पाको अन्त्येष्टि (फोटोफिचर)

७ असोज, काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

हेर्नुहोस् फोटोहरु

श्रद्धाञ्जलि व्यक्त गर्दै पर्यटनमन्त्री भट्टराई
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बुधबार बौद्धस्थित शेर्पा गुम्बामा कीर्तिमानी आरोही स्व आङरिता शेर्पा (हिमचितुवा) लाई श्रद्धाञ्जलि व्यक्त गर्दै ।
राष्ट्रिय झण्डा ओडाउँदै पर्यटनमन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बुधबार बौद्धस्थित शेर्पा गुम्बामा कीर्तिमानी आरोही स्व आङरिता शेर्पा (हिमचितुवा) को पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउँदै ।
अन्त्येटिका लागि तयार गरिँदै
बौद्धस्थित शेर्पा गुम्बामा बुधबार कीर्तिमानी आरोही स्व आङरिता शेर्पा (हिमचितुवा) को अन्त्येटिका लागि तयार गरिँदै शेर्पा समुदाय ।
श्रद्धाञ्जलि व्यक्त गर्दै नेता बस्नेत
नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत बुधबार बौद्धस्थित शेर्पा गुम्बामा कीर्तिमानी आरोही आङरिता शेर्पा (हिमचितुवा) लाई श्रद्धाञ्जलि व्यक्त गर्दै ।
नेता थापा श्रद्धाञ्जलि व्यक्त गर्दैै
नेपाली काँग्रेसका नेता गगनकुमार थापा बुधबार बौद्धस्थित शेर्पा गुम्बामा कीर्तिमानी आरोही स्व आङरिता शेर्पा (हिमचितुवा) लाई श्रद्धाञ्जलि व्यक्त गर्दै ।

तस्वीरहरु : रासस