आज कतिमा हुँदैछ सुनचाँदीकाे कारोबार ?

२१ वैशाख, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ स्थिर छ । सुन हिजो जस्तै तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो भने अस्ति आठ सय रुपैयाँले घटेको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि स्थिर छ। सोमबार प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य तोकिएको महासंघले जनाएको छ।