भारतमा एकै दिन तीन हजारभन्दा बढी काेराेना संक्रमित फेला

२२ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् ।

यसबाहेक पछिल्लो एक दिनमा ३०१० जना उपचारपश्चात् निको भएका छन् ।

यतिबेला ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु पनि भएको छ ।

देशमा कूल सक्रिय संक्रमितको संख्या १९ हजार ७१९ रहेकाे छ ।