भरतपुरमा गठबन्धनको जित निश्चित भएको प्रचण्डकाे दाबी

२२ वैशाख, भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको जित निश्चित भइसकेको दाबी गरेका छन् ।

चुनावी सभाका लागि चितवन पुग्नासाथ भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा गठबन्धनको जित निश्चित भइसकेको दाबी गरेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारलाई फकाउने भन्दा गठबन्धन आफ्नै तारिकाले अगाडि बढ्ने बताए । प्रचण्डले भने,‘उहाँलाई फकाउने कुरा भन्दापनि गठबन्धन आफ्नो लाइनमा अगाडि बढिसकेको छ।’

उनले गठबन्धनको जितबारे विस्तृत कुरा चुनावी सभामै गर्ने बताए । आज भरतपुरमा गठबन्धनले आयोजना गर्ने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा , नेकपा एसका अध्यक्ष माधव नेपालसहित प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।