२ जेठ, काठमाडाैँ । काठमाडौंसहित ६ वटा महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजामा सबैभन्दा ठूलो दल नेकपा एमालेका उम्मेदवार दोस्रो स्थानमा छन् । यही स्थिति अन्तिमसम्म रहे एमालेले आगामी पाँच बर्ष महानगरको नेतृत्व गर्ने अवसर गुमाउनेछ ।
काठमाडौं, १ जेठ । स्थानीय तहको चुनाव अन्र्तगत देशभरका पालिकाहरुमा मतगणना जारी छ । त्यसमध्ये ६ महानगरपालिकामा धेरैको ध्यान गएको छ । ६ वटै महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजामा सबैभन्दा ठूलो दल नेकपा एमालेका उम्मेदवार दोस्रो स्थानमा छन् । काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले नेतृत्व गरेका छन भने बाँकी मध्ये ५ वटा महानगरमा पाँच दलीय सत्तारुढ दलका उम्मेदवारले अग्रता लिइरहेका छन् । महानगरपालिकामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ ।
भरतपुर, पोखरा, ललितपुर, विराटनगर र वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार भने ६ वटै महानगरपालिकामा दोस्रो स्थानमा छ । प्रारम्भिक परिणामकै स्थिति अन्तिमसम्म कायम रहे एमालेले आगामी पाँच बर्ष महानगरको नेतृत्व गर्ने अवसर गुमाउनेछ । तर, महानगरको उपप्रमुखको हकमा भने एमालेले काठमाडौं, ललितपुर र विराटनगरमा अग्रता लिइरहेको छ ।
काठमाडौं महानगरको मेयरमा बालेन साहले अग्रता लिएका छन् भने एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
काठमाडौंको उपप्रमुखमा भने एमालेले अग्रता लिइरहेको छ । एमालेकी सुनिता डंगोलले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजेश्वर श्रेष्ठलाई निकै पछाडि पारेकी छन् । राप्रपाकी बिनिता मगैयाले तेस्रो स्थानमा छिन् ।
ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले अग्रता लिइरहेका छिन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले दोस्रो स्थानमा छन् । महानगरको उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्यले अग्रता लिइरहेकी छिन् । गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य भने दोस्रो स्थानमा छन् ।
भरतपुरमा पनि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छिन् । नेकपा एमालेका बिजय सुवेदीले दोस्रो स्थानमा रहेर टक्कर दिइरहेका छन् । उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १२२६ मतसहित अग्रता लिइरहेका छन् । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले अधिकारीलाई पछ्याइरहेकी छिन् ।
पोखरा महानगरमासत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । एमालेका कृष्णबहादुर थापा दोस्रो स्थानमा छन् । उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिइरहेकी छिन् । एमालेकी एमाले मञ्जुदेवी गुरुङले पछ्याइरहेकी छिन् ।
वीरगञ्ज महानगरमा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनको अग्रता छ । नेकपा एमालेका बिजयकुमार सरावगी पछ्याइरहेका छन् ।
उप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले अग्रता लिइरहेका छन् । उनलाई लोसपाका पुरुषोत्तमलाल झाले पछ्याइरहेका छन् ।
त्यस्तै विराटनगरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिइरहेका छन् । नेकपा एमालेका सागरकुमार थापाले कोइरालालाई पछ्याइरहेका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिइरहेकी छिन् । सत्ता गठबन्धनबाट जनता समाजवादीका अमरेन्द्र यादवले कार्कीलाई पछ्याइरहेका छन् ।
०७४ को स्थानीय तहको चुनावमा एमालेले काठमाडौं महानगर र पोखरा महानगरको प्रमुख पद जितेको थियो । यो पटक प्रारम्भिक मतगणनामा सबैतिर दोस्रो स्थानमा रहेर संघर्ष गरिरहेको छ ।
प्रारम्भिक मतपरिणामा महानगरमै पछि परेपछि एमाले नेताहरु शसंकित भएका छन् । अर्मुत रुपमा विज्ञप्ती निकालेर धाँधली भएको बताउन थालेका छन् । तर, देशभरको समग्रमा भने एमालेले कांग्रेस हाराहारीमै जीत र प्रारम्भिक मत परिणाममा अग्रता लिइरहेको छ ।







