ओली र प्रचण्ड किन मौन ?

७ जेठ, काठमाडौं । ३० वैशाखमा भएको स्थानीय तहको चुनावको ९० प्रतिशत स्थानयि तहको नतिजा सािर्वजनिक भैसकेको छ । तर, ठुला शीर्ष नेताहरु नतिजालाई लिएर केही बोलिरहेका छैनन् । खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र यो चुनावबाट पनि ठुला दलका रुपमा देखा परेका छन् । तर, तीनै दलका नेताहरु सार्वजनिक रुपमा मात्रै नभएर पार्टीकै नेता÷कार्यकर्ताहरुसँग समेत छलफलमा बसिरहेका छैनन् ।

राजनीतिक विश्लेषक विष्णु दाहाल अनुसार यसपटक शीर्ष नेताहरु मौन रहनुलाई अर्थपूर्ण रुपमा लिन्छन् । उनका अनुसार, कांग्रेस स्वभावैले चुनावको नतिजाबारे प्रतिक्रिया दिन हतार गर्ने पार्टी होइन् । अझ कांग्रेस सभापति शेरबहादुर देउवा एकदमै कम बोल्ने, टिममा काम गर्ने र कुटनीतिक रुपमा आफुलाई प्रस्तुत गर्ने स्वभावका छन् ।

अहिलेको चुनावमा सबैभन्दा ठूलो भएका कारण कांग्रेस नेताहरु अहिलेकै परिस्थितिलाई प्रदेश र संघको चुनावमा लैजान चाहन्छन् । यसकारण कांग्रेसका दोस्रो र तेस्रो तहका नेताहरु पनि वातावरण बिग्रन सक्नेमा सचेत भएर कम बोलिरहेका छन ।

चुनावको प्रारम्भिक नतिजामै प्रतिक्रिया दिन आतुर हुने ठूला दलका शीर्ष नेताहरुले यसपटक मौनता साँधेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा स्वभावैले कम बोल्छन्, तर नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत छन् । कांग्रेस ठूला पार्टी भएकोमा गमक्क छ । यसैपनि देउवा कम बोेल्ने नेता हुन् । ओलीले आफुलाई निकै कमजोर महसुस गरेका छन् । प्रचण्ड बार्गेनिङ पावर बढाएर बसेका छन् जहिले जता पनि मिल्नुपर्ने हुन सक्छ । वातावरण बिगार्न किन बोल्थे र ?
विष्णु दाहाल
राजनीतिक विश्लेषक

दाहाल थप्छन्, ‘तर, एमाले र माओवादी केन्द्रका नेताहरु त बोल्न हतार गर्ने प्रवृतिका छन् । स्वमं एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड चुनावको प्रारम्भिक नतिजामै बोल्न हतार गर्ने र कार्यकर्ताकहाँ पुग्ने नेता हुन । तर, यो पटक ओली र प्रचण्ड ने बोलिरहेका छैनन् ।’

दबाबमा ओली र प्रचण्ड !

राजनीतिक विश्लेषक दाहाल केपी ओली सार्वजनिक रुपमा नबोल्नुका पछाडि स्थानीय तहको चुनावी परिणाम नै भएको बताउँछन् । उनका अनुसार ओली अहिले धेरै चरम दवावमा छन् । एमाले र माओवादी केन्द्र मिलेर झण्डै दुई तिहाइ नजिकको पार्टीको प्रमुख भएर काम गरेका व्यक्ति हुन ओली ।

अघिल्लो स्थानीय तहको चुनावमा एक्लै सबैभन्दा ठूलो दल भएको एमाले यसपटक २०० वरिपरी स्थानीय तहको नेतृत्वमा खुम्चिने भएको छ । अहिलेकै स्थ्तिि कायम रहे प्रदेश र संघीय सरकारमा सहभागि नै हुन नपाउने वातावरण बनेको निष्कर्षमा छन् ओली ।

दाहाल भन्छन्, ‘ओलीको नेतृत्वमा प्रश्न उठ्यो । स्थानीय तहमा सर्वनाक हार हो । यसको मुख्य कारण नेकपा बनाउनु र नेकपा बनाएर स्वमं ओलीले गरेका हर्कतहरु कारक हुन । यसकारण ओली बोल्न सकिरहेका छैनन् ।’

ओलीले चुनावी परिणामबारे नबोल्नुको कारण नयाँ राजनीतिक कोर्सका लागि तयारी गरेको रुपमा लिन सकिने कतिपयको विश्लेषण छ । एमालेका दोस्रो र तेस्रो तहका नेताहरुमार्फत ओलीले वाम एकताको संदेश माओवादी अध्यक्ष प्रचण्डकहाँ पु¥याइरहेकाले पनि ओलीले नयाँ राजनीतिक कोर्सको तयारी गरेको रुपमा बुझ्न सकिने नेताहरु बताउँछन् ।

अहिले बोल्दा माओवादी केन्द्र र एमाले नै फुटाएर बनेको नेकपा एकीकृत समाजवादीका नेताहरु भड्किने बुझाईमा छन् एमाले नेताहरु । यही सुझाव एमालेका दोस्रो र तेस्रो तहका नेताहरुले अध्यक्ष ओलीलाई दिइरहेका छन् पनि ।

एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरुले पाँच दलीय सत्ता गठबन्धनबाट प्राप्त सिटप्रति असन्तुष्टि जनाइरहेका बेला त्यो सेन्टिमेन्ट क्यास गरेर वाम तालमेल वा एकताको पहल गर्न सकिने सम्भावनालाई ध्यान दिएर नै ओली सार्वजनिक रुपमा नबोलिरहेको स्वमं एमालेका नेताहरु समेत स्वीकार गर्छन । अर्कोतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि बोलिरहेका छैनन् । प्रचण्ड नबोल्नुको पछाडि पनि बिबिध कारण देख्छन विश्लेषक दाहाल ।

उनी भन्छन्, ‘प्रचण्ड अहिले कसको पक्षमा बोलुन ? गठबन्धनको पक्षमा बोलौं आफ्नै पार्टीका दोस्रो तहका नेताहरु चुनावी तालमेलबारे असन्तुष्टि व्यक्त गरिरहेका छन् ।’ एमाले र एमाले अध्यक्ष ओलीको विपक्षमा बोल्न पनि प्रचण्डलाई सकस परेको विश्लेषण उनको छ । थप्छन्, ‘स्थानीय तहको चुनावले प्रचण्डको बार्गेनिङ बढ्यो । कांग्रेससँग मिल्दा र एमालेसँग मिल्दाको फाइदा उनले हेर्न सक्छन् । यसका लागि पनि उनी अहिले बोल्न सकिरहेका छैनन् ।’

एमाले नेताहरुसँग निरन्तर संवादमा रहेका प्रचण्ड कम्युनिस्टहरु एक हुनुपर्छ भन्ने पक्षमै छन् । तर, त्यसका लागि उन ीओली कमजोर भएको देख्न चाहन्छन् । अहिले ओली कमजोर भएको र पाँच दलीय सत्ता गठबन्धन प्रदेश र संघीय चुनावमा जाँदा थप कमजोर हुने भयले एमालेले तालमेलका लागि गर्ने प्रस्ताव कुरिरहेका छन् । एमालेले यति दिन्छु भनेर गर्ने प्रस्तावले कांग्रेससँग समेत बार्गेनिङका लागि दवाव पुग्ने उनको विश्लेषण छ । यसकारण यस स्थितिमा बोल्नु भन्दा नबोल्नु ठीक भनेर प्रचण्डले ठानेको हुन सक्ने विश्लेषक दाहालको बुझाई छ ।