ललितपुरमा ७९ हजार ८६३ मत गणना : कांग्रेसका चिरिबाबुको जित सुनिश्चित

१० जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ७९ हजार ८६३ मत गणना हुँदा कांग्रेसका चिरिबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले २३ हजार ४९२ मत ल्याए ।

यस्तै उपप्रमुखतर्फ एमालेकी मन्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् ।

अब ५ हजार ९९८ मत गन्न बाँकी रहेका छन् । महानगरमा ८५ हजार ८६१ मत खसेको थियो ।