भेटियो ११ नम्बर पिलर

असोज ८, हुम्ला ।

सीमा अनुगमनमा गएको टोलीले ११ नम्बर पिलर फेला पारेको छ । वि.सं. २०१९ सालमा गाडिएको उक्त सीमास्तम्भ आधा दशकभन्दा धेरै समय बितेपछि बल्ल भेटिएको हो ।

चीनले नेपाली सीमा क्षेत्रमा भवन बनाएको समाचार बाहिरिएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीको टोली त्यहाँ पुगेको थियो । सो क्रममा पनि ११ नम्बर पिलर भेटिएको थिएन ।

तर हुम्लाको नाम्खा गाउँपालिकामा नेपाली सुरक्षा टोलीले अनुगमनका क्रममा ५८ वर्षपछि बुधबार उक्त पिलर भेटिएको हो । चिनियाँ पक्षले १२ नम्बर पिलरलाई लिएर सीमानामा केही संरचना बनाउँदा नेपाली पक्षले उक्त जमीन आफ्नो भएको दाबी गरिरहेको थियो ।

तर पिलर नं. ११ भेटिएपछि चिनियाँ पक्षले बनाएको उक्त भवनसहितका संरचना चिनियाँ जमिनमै पर्ने स्पष्ट भएको छ ।