तारा एयर विमान दुर्घटना : आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिँदै

१९ जेठ, काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव सोमबार र मंगलबार दुई चरणमा काठमाडौं ल्याइएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।