असोज ८, स्याङ्जा ।
जिल्लामा पहिरोमा परेर एकै परिवारका नौ जनाको मृत्यु भएको छ । वालिङमा बिहीबार बिहानै गएको पहिरोमा परेर उनीहरूको मृत्यु भएको हो ।
मृतकमा ६० वर्षिया सानी नेपाली, ४८ वर्षिया माया नेपाली र २८ वर्षिया उमाकला नेपाली छन् । यसैगरी ३० वर्षिय दीपक नेपाली, २१ वर्षिय कुलदीप नेपाली, १६ वर्षिया बिनिता नेपाली र १४ वर्षिय विक्रम नेपाली छन् ।
पहिरोमा नौ वर्षिय विवश नेपाली र एक सात महिने बच्चाको पनि मृत्यु भएको छ । उत्त परिवारकी अर्की सदस्य १६ वर्षकी माया नेपालीको भने उद्धार गरिएको र उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
स्याङ्जामा बिहीबार नै बिहान पहिरो जाँदा १६ वर्षिय विष्णु परियारको ज्यान गएको थियो । कालीगण्डकी गाउँपालिकाका उनको पनि पहिरोमा पुरिँदा मृत्यु भएको हो ।







